Member of Parliament नहुँदा पनि ओखलढुंगाको एम्बुलेन्स बनेर काम गरेको छुः Ramhari Khatiwoda

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं ओखलढुंगामा गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडा ( Ramhari Khatiwoda ) ले आफू Member of Parliament नहुँदा पनि ओखलढुंगाको एम्बुलेन्स बनेर काम गरेको दावी गर्दै जिल्लामा गठबन्धनका सबै उम्मेदवारले जित्ने उद्घोष गरेका छन् ।

‘गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लैले जिल्ला समन्वय समिति गठन गरेको हो । ३२ हजार मतका साथ कांग्रेस पहिलो पार्टी छ । यतिबेला कांग्रेसका साथीहरुबीच अभूतपूर्व एकता छ । हराउने ताकत कसैको छैन । त्यसमाथि गठबन्धन पनि छ । ओखलढुंगामा गठबन्धनका सबै उम्मेदवारले जित्ने स्थिति छ,’  खतिवडाले भने ।

उनले एमाले र त्यसको नेतृत्वप्रति जनताको पटक्कै विश्वास नभएको पनि बताए । खतिवडाले थपे, ‘जनताले दुई तिहाई बहुमत दिँदा पनि पानीजहाज, रेल, घरघरमा ग्यासपाइप जस्ता बकम्फुसे गफ गरेर बस्ने अनि निकास र विकास दिन नसक्ने एमालेलाई जनताले किन भोट दिने ? एमालेको नेतृत्वप्रति जनतामा विश्वासै छैन ।’

आफूले २०७० मा संविधानसभा जितेर सुरु गरेका काम विगत पाँच वर्षमा अलपत्र परेको पनि खतिवडाले बताए । उनले भने, ‘मैले काठमाडौं र ओखलढुंगाको पुल बनेर काम गरेको थिएँ । २०७४ मा मैले हार्नेबत्तिकै बत्ती, सडक पनि हारे । दूधकोसी हाई ड्याम पनि अगाडि बढेन । ओखलढुंगा, सोलुखुम्बु र खोटाङको मुहार पनि फेरिएन । ५० करोड, १ अर्बभन्दा योजना आएनन् ।’

अब लिखु, मोलुङ, दुूधकोसी एक्वायरलाई पूर्णता दिने र ओखलढुंगालाई विकास र समृद्धिको जिल्ला भनेर चिनाउने इच्छा भएको पनि खतिवडाले बताए । उनले भने, ‘सांसद बन्नेबित्तिकै घर बनाउने अनि घरभाडा लिएर खाने अनि जात र धर्मको कुरा गर्नेले ओखलढुंगाको मुहार परिवर्तन गर्न सक्दैन । मैले हार्दा पनि जनसेवक भएर काम गरेको छु । पाँच वर्षका १८२५ दिनमा ओखलढुंगा र काठमाडौंको पुलको काम गरेको छु । ओखलढुंगाको एम्बुलेन्स बनेर काम गरेको छु । आगलागी, बाढीपहिरो, भूकम्प, कोभिडका बेला पनि जनतासँगै हातेमालो गरेको छु ।’

 

Related Posts

Five questions to Tulasi Acharya

Interviewed by Janaboli Team Tulasi Acharya, born in 1981 in Biratnagar, Morang, Nepal, has established himself as a prolific writer and academic with significant contributions to literature and scholarship. His…

I want to break the mentality that working women cannot be good mothers: Laura Buss (Youth Ambassador)

Sunita Lohani, Barakhari. 25-year-old Laura Buss from the Netherlands grew up without a father. Growing up with her mother as a single parent, she often heard bad comments about her…

You Missed

With Claim of Ending Load-Shedding, UML Presents 25 Pillars of Prosperity — Here’s the Full Manifesto

With Claim of Ending Load-Shedding, UML Presents 25 Pillars of Prosperity — Here’s the Full Manifesto

How far has the craze for Ghanti tattoos gone — leaving onlookers surprised

How far has the craze for Ghanti tattoos gone — leaving onlookers surprised

Gold and Silver Prices Surge Today

Gold and Silver Prices Surge Today

View Kabita Nepali’s latest pictures

View Kabita Nepali’s latest pictures

RSP Founder Quits Party, Big Blow to Rabi Lamichhane and Balen Shah

RSP Founder Quits Party, Big Blow to Rabi Lamichhane and Balen Shah

Sudden Tension in Banepa Market Turns into Clash

Sudden Tension in Banepa Market Turns into Clash

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/pressadda/public_html/wp-includes/functions.php on line 5481